खोज–अनुसन्धान

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा



मकवानपुर, ७ वैशाख

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो । गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उहाँले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उहाँले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पु-याउनुपर्ने बताउनुभयो ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६