जीवनशैली

छ दिनमा एक सय ४६ विपद्का घटना



काठमाडौँ, ६ वैशाख ः बितेका छ दिनमा देशभर कुल १४६ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् । छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुईवटा घटना घटेका हुन् । विपद् प्रभावितको उद्धारका लागि २२९ प्रहरी परिचालित भएका थिए । विपद्मा परेर १९ जना घाइते भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६