अर्थ-वाणिज्य

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन



काठमाडौँ, ९ वैशाखः

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ । विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम ‘अडिट’ नभएको, सामाजिक सुरक्षाकोषमा सूचीकरण नभएकोलगायत मौजुदा ऐनकानुनको पालना नभएकाले तिनको अक्षरसः पालना गर्न निर्देशन दिइएको हो । श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको पालना गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६