चितवन, ९ वैशाखः
मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । जेनजी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन् । पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार परेका उजुरीमध्ये अधिकांश जग्गा कारोबार र ‘चेक बाउन्स’का रहेका छन् ।








प्रतिक्रिया