ब्रेकिंग न्युज

सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह



काठमाडौँ, ११ वैशाखः

सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ । सुकुम्वासी/भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुम्वासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ । वास्तविक सुकुम्वासी/भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान सुरु हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो । सोसम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुम्वासी/भूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुम्वासी/भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ । “वास्तविक सुकुम्वासी/भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ”, प्रहरी प्रधान कार्यालयद्वारा आज जारी अपिलमा उल्लेख छ ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६