जीवनशैली

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा



कास्की, ११ वैशाखः

पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आउनुभएको छ । निजी भ्रमणका क्रममा उहाँ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा उहाँका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् । पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् । राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उहाँको स्वागत हुन् । विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ । उहाँ एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्नुहुने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्नुहुनेछ । त्यसैगरी उहाँले यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्नुहुने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६