ब्रेकिंग न्युज

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु



अत्तरिया (कैलाली), १५ वैशाख

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना छ ।” उहाँले स्थानीय तहहरूले गोदाम उपलब्ध गराए जिल्लाका अन्य ठाउँबाट पनि गहुँ खरिद गरिने बताउनुभयो । कार्यालय प्रमुख थापाले गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस वा प्रमाणित प्रति र स्वघोषणापत्र अनिवार्य साथमा ल्याउनुपर्ने बताउनुभयो । गहुँको रकम बैंक खातामार्फत अनलाइन भुक्तानी गरिने उहाँको भनाइ छ । गत वर्ष कम्पनीको जिल्लामा गहुँ खरिद कोटा पाँच हजार क्विन्टल रहेकामा ५२ दशमलव पाँच क्विन्टलमात्रै खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६