ब्रेकिंग न्युज

नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव



जानकी (बाँके), १६ वैशाख

नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जमा आयोजना हुन लागेको हो । थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका महाप्रबन्धक राजबिक्रम शाहले जानकारी दिनुभयो । थारु समुदायको परम्परागत खाना परिकारको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म यसको मौलिक स्वाद र सांस्कृतिक महत्व पु¥याउने उद्देश्यले नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव आयोजना गर्न लागिएको हो । “महोत्सवमा अनुभवी सेफद्वारा तयार पारिएका थारु समुदायका परिकारहरू प्रस्तुत गरिनेछन्, थारु समुदायको मौलिक खानालाई संरक्षण गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने हाम्रो उद्देश्य हो”, महाप्रबन्धक शाहले भन्नुभयो । महोत्सवमा प्रवेश निःशुल्क रहनेछ भने पाहुनाहरूले रु ५०० को भौचर खरिद गरी विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् । साँझ ६ बजेबाट राति ११ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक राति ९ बजेदेखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिने छ । महोत्सवमार्फत थारु समुदायको जीवित संस्कृति, कला र परम्परासँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित : १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६