देश

सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको प्रष्टोक्ति



काठमाडौँ, १६ वैशाख

नेपाली सेनाले विपद् प्रतिकार्य र पूर्वतयारीलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्ने प्रयोजनका लागि तथ्याङ्क अद्यावधिक गरिएको स्पष्ट पारेको छ । सेनाका स्थानीय युनिटले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा हुनसक्ने विपद्का घटना व्यवस्थापनलाई सहज तुल्याउने हिसाबले सो कार्य गरेको सेनाद्वारा आज विज्ञप्तिमा उल्लेख छ । “बर्सातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीको योजना गर्दै आएको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विगतका वर्षमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै उक्त तयारी गरिएको सेनाले स्पष्ट पारेको छ । —

प्रकाशित : १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६