गण्डकी

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ



गलकोट (बागलुङ) २७ जेठ

बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो । श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आउनुभएको छ । “तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदैछु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउँछ, पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोका लागि छुट्टै घट्ट छ”, श्रेष्ठले भन्नुभयो । उमेर ढल्किँदै गए पनि परम्परागत पेसालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ । पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६