कृषि

उत्कृष्ट १० उद्यमी पुरस्कृत



ढोरपाटन (बागलुङ), ९ असार

बडिगाड गाउँपालिकाले पालिकाभित्र रहेर विभिन्न उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न संस्थासँग सहकार्य गरेर उत्कृष्ट उद्यमी छनोट गरेको छ । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, बडिगाड गाउँपालिका र दायित्व संस्थाका त्रिपक्षीय सहकार्यमा सञ्चालित बुद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत वडा नं ७ का जीवबहादुर खत्री उत्कृष्ट घोषित हुनुभएको छ । खत्रीलाई रु एक लाख ५० हजारले सम्मानसमेत गरिएको छ । गाउँपालिकाले उत्कृष्ट उद्यमी बन्नका लागि निवेदन आह्वान गरेको थियो । जसमा बडिगाडका ९१ उद्यमीबीच प्रतिस्पर्धा गराएको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । ९० जना उद्यमीबाट उत्कृष्ट ४०, २० र १० को प्रतिस्पर्धाबाट खत्री प्रथम भएको उहाँको भनाइ छ । खत्रीबाहेक अन्य नौ जना उद्यमीलाई भने जनही रु एक लाखले सम्मान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशको रु ४० लाख, बडिगाड गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख लागत साझेदारीमा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको थियो । अध्यक्ष अधिकारीले केही गर्न चाहनेका लागि देशमै प्रशस्त सम्भावना भएको बताउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो, “स्वदेशमै केही गर्न चाहानेहरूका लागि थुप्रै सम्भावना छ, बडिगाडमा धेरै उद्यमी हुनुहुन्छ, कोहीले अहिले उद्यम सुरु गर्नुभएको छ त कोहीले पहिलेदेखि नै गर्दै आउनुभएको थियो, उद्यमीलाई प्रोत्साहन गर्न यसपालि उत्कृष्ट उद्यमी छनोट गरेका छौँ, आगामी दिनमा पनि उद्यमीहरू यसरी नै बढ्दै जानुहुनेछ ।” उत्कृष्ट बन्नुभएका खत्रीले ४० रोपनी क्षेत्रफलमा फलफूलखेती गर्दै आउनुभएको छ । पालिकाले यसरी प्रोत्साहन गर्दा काम गर्ने ऊर्जा थप भएको उहाँले बताउनुभयो । उद्यमीका समस्या बुझेर पालिकाले काम गर्न सके गाउँठाउँमै रोजगार सृजना गर्न सकिने खत्रीको भनाइ छ । —

Powered By  Orson Infotech

प्रकाशित : ९ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६