देश

राससकर्मी गौतमलाई ‘आर्थिक खोजमूलक पुरस्कार’



ढोरपाटन (बागलुङ), १३ असार

राष्ट्रिय समाचार समिति (रासस) का गलकोट समाचारदाता खेमराज गौतम ‘आर्थिक खोजमूलक पुरस्कार–२०८२’ बाट पुरस्कृत पुरस्कृत हुनुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट गौतम पुरस्कृत हुनुभएको हो । वाणिज्य सङ्घको ६२औँ वार्षिक साधारणसभाका अवसरमा आज गौतमलाई नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैध र गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेलले नगद रु १० हजारसहित सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो । गौतमले आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याने गरी प्रचारप्रसार गरेको भन्दै पुरस्कृत गरेको हो । गौतम विसं २०७० देखि सक्रिय रूपमा पत्रकारिता गर्दै आउनुभएको छ । विसं २०७५ देखि राससमा आबद्ध हुनुभएका गौतम बागलुङमा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनमा काम गर्दै आउनुभएको छ । उहाँ नेपाल पत्रकार महसङ्घ बागलुङका कोषाध्यक्षसमेत हुनुहुन्छ ।

प्रकाशित : १३ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६