देश

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार



बागमती, १४ असार

: बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ । हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालित महोत्सवमा हेटौँडा तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको हेटौँडा उपवमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुभयो । स्थानीय उत्पादनको प्रवर्द्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादनप्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानलाई उचित बजार उपलब्ध गराउने तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्न महोत्सव प्रभावकारी भएको रेग्मीले बताउनुभयो ।

प्रकाशित : १४ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६