लेख

‘न्याय र रोजगारीका लागि नागरिकले शरीर जलाउनुपर्ने अवस्था अन्त्य होस्’सरकारलाई सचेत नागरिकको खुला आग्रह



कपिलवस्तु, असार २८

लेखक तथा सामाजिक अभियन्ता सन्दिप सापकोटाले पछिल्ला दिनमा न्याय र रोजगारीको खोजीमा निराश बनेका नागरिकहरूले आत्म दाहज स्ता दुःखद कदम रोज्न बाध्य भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई सम्बोधन गरेर खुला पत्र सार्वजनिक गरेका छन्। उनले राज्यले नागरिकको पीडा समयमै सम्बोधन गर्न नसक्दा लोकतान्त्रिक शासनप्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन्।
‘अब नागरिकले न्याय र रोजगारीका लागि आफ्नो शरीर जलाउन नपरोस्’ भन्ने विषयमा सार्वजनिक गरिएको उक्त खुला पत्रमा सापकोटाले पछिल्ला आत्मदाहका घटनालाई केवल व्यक्तिगत दुःखद घटना नभई राज्यप्रति नागरिकको बढ्दो निराशा र मौन आक्रोशको संकेतका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै जोखिममा राख्नुपर्ने अवस्था लोकतान्त्रिक शासन व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय हो। नागरिकले आफ्नो समस्या राख्दा उचित सुनुवाइ नपाउने, सरकारी सेवामा ढिलासुस्ती तथा अपमानजनक व्यवहार भोग्नुपर्ने र युवाले भविष्यप्रति आशा गुमाउँदै जानु लोकतन्त्रको मूल मर्मविपरीत रहेको उनको भनाइ छ।
पत्रमा नेपालका हजारौं युवा रोजगारीको खोजीमा विदेशिन बाध्य भएको, देशभित्र रहेका युवाले बेरोजगारी, प्रशासनिक जटिलता र भविष्यप्रतिको अन्योलसँग संघर्ष गरिरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको विश्वास पुनःस्थापित गर्नु रहेको उनले औंल्याएका छन्।
यसै सन्दर्भमा उनले सरकारसमक्ष पाँचबुँदे आग्रह प्रस्तुत गरेका छन्। आत्मदाहका घटनाको निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय, राहत र आवश्यक सहयोग उपलब्ध गराउन, सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन, युवाका लागि सम्मानजनक रोजगारी सिर्जना गर्ने प्रभावकारी कार्यक्रम तत्काल कार्यान्वयन गर्न तथा नागरिकका गुनासा सुन्ने संयन्त्रलाई थप उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
खुला पत्रमार्फत सापकोटाले नागरिकले न्यायका लागि ढोका–ढोका धाउन नपर्ने, रोजगारीका लागि निराश हुन नपर्ने र आफ्ना आवाज सुनाउन जीवन बलिदान दिनुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। इतिहासले सरकारलाई नागरिकको पीडाप्रति कति संवेदनशील रह्यो भन्ने आधारमा मूल्याङ्कन गर्ने भएकाले वर्तमान निर्णयहरूले भविष्यको इतिहास लेख्ने उनको तर्क छ।
उनले यो विषयलाई केवल समाचारको शीर्षकका रूपमा नभई राज्य सुधारको गम्भीर अवसरका रूपमा लिन सरकारसँग आग्रह गरेका छन्।
सापकोटाको खुला पत्र कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा केन्द्रित नभई नागरिकको आधारभूत अधिकार, सुशासन, प्रभावकारी सार्वजनिक सेवा र रोजगारीको सुनिश्चिततामाथि केन्द्रित देखिन्छ। पत्रले आत्मदाहजस्ता चरम घटनालाई व्यक्तिगत कमजोरीका रूपमा नभई राज्य, प्रशासन र समाजले समयमै सम्बोधन गर्न नसकेका समस्याको संकेतका रूपमा प्रस्तुत गरेको छ।
पत्रको मूल सन्देश नागरिकको जीवन र सम्मानको रक्षा, उत्तरदायी शासन, प्रभावकारी सेवा प्रवाह तथा युवाप्रति राज्यको दायित्वलाई केन्द्रमा राख्दै सरकारलाई संवेदनशील, जवाफदेही र सुधारमुखी बन्न आग्रह गर्नु रहेको देखिन्छ।
लेखक सन्दिप सापकोटा

प्रकाशित : २८ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६