ब्रेकिंग न्युज

आठौँ वार्षिक साधारण सभामा दिगो व्यवस्थापन, पारदर्शिता र जीविकोपार्जनलाई प्राथमिकता



कपिलवस्तु, ३१ असोज

वन संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा अघि बढाउँदै प्राकृतिक स्रोतको दिगो उपयोग र उपभोक्ताको आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिइएको छ। कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन, वन पैदावारको सदुपयोग र समुदायको जीविकोपार्जनलाई एकसाथ अघि बढाउनुपर्ने विषयले प्राथमिकता पाएको हो।


शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित साधारणसभामा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री अर्जुन केसीको प्रमुख आतिथ्य तथा समूहका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षता रहेको थियो। सभामा वनको कार्यक्षेत्रभित्र पर्ने जनप्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, नागरिक समाजका अगुवा, साझेदारी वन महासङ्घका प्रतिनिधि, पत्रकार, वनका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागिता थियो।
साधारणसभामा वनलाई काठ, दाउरा र अन्य वन पैदावार प्राप्त गर्ने स्रोतका रूपमा मात्र नहेरी वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र स्थानीय समुदायको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो। वनको संरक्षणसँगै त्यसबाट प्राप्त हुने लाभको न्यायोचित उपयोग गर्न सके मात्र समुदायमा वनप्रतिको अपनत्व र संरक्षणप्रतिको जिम्मेवारी थप बलियो हुने सरोकारवालाहरूको चासो रहेको थियो।
संरक्षण र उपयोगबीच सन्तुलन आवश्यक
साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले वन क्षेत्रको दिगोपन रूखबिरुवाको संरक्षणमा मात्र सीमित नहुने बताउदै वनभित्रको जैविक विविधता, वन्यजन्तुको बासस्थान, माटो, पानीका स्रोत र समग्र पर्यावरणीय प्रणालीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। वनको वैज्ञानिक व्यवस्थापनले वातावरणीय सन्तुलन कायम राख्न, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र प्राकृतिक विपद्को जोखिम घटाउन सहयोग पु¥याउँने बताउनु भयो ।


अध्यक्ष तिवारीले वन सम्बन्धी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, वन डढेलो नियन्त्रण, अवैध कटानी तथा चोरी–तस्करी रोकथाम र वन पैदावारको योजनाबद्ध उपयोग आवश्यक हुन्छ। वनको संरक्षण सरकार वा वनसम्बन्धी निकायको मात्र जिम्मेवारी नभई उपभोक्ता, स्थानीय तह, जनप्रतिनिधि, वन प्राविधिक र समुदायका सबै पक्षको साझा दायित्व भएको धारणाल राख्नु भयो ।
अध्यक्ष तिवारीले कपिलवस्तु साझेदारी वनको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पनि संरक्षणका कार्यक्रमलाई व्यवहारमा उतार्ने, उपभोक्ताको सहभागिता बढाउने र वनको अवस्थाअनुसार दीर्घकालीन योजना कार्यान्वयन गर्ने विषय महत्त्वपूर्ण हुने तर्क राख्नु भयो ।
उपभोक्ताको हित र जीविकोपार्जन प्राथमिकतामा
समूहका अध्यक्ष गंगेशनाथ तिवारीले वन संरक्षणमा सामूहिक जिम्मेवारी, उपभोक्ताको हित, जीविकोपार्जन, साझेदारी, पारदर्शिता र दीर्घकालीन सोचलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिएका छन्। वनको संरक्षण र व्यवस्थापनबाट स्थानीय समुदायले पनि लाभ प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ।
वन र समुदायबीचको सम्बन्ध बलियो बनाउन वनमा आधारित उद्यम, रोजगारी सिर्जना, सीप विकास र आयआर्जनका अवसर विस्तार गर्न सकिन्छ। वन पैदावारको दिगो उपयोगसँगै स्थानीय आवश्यकता सम्बोधन गर्ने कार्यक्रम अघि बढाउन सके वन संरक्षणलाई आर्थिक गतिविधि र सामुदायिक समृद्धिसँग जोड्न सकिन्छ।
तर वनबाट प्राप्त हुने लाभको उपयोग गर्दा वनको वहन क्षमता, प्रचलित कानुनी व्यवस्था र भावी पुस्ताको आवश्यकतालाई बेवास्ता गर्न मिल्दैन। तत्कालीन आर्थिक लाभका लागि प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्ने प्रवृत्तिले दीर्घकालमा वातावरण र समुदाय दुवैलाई असर पु¥याउन सक्छ। त्यसैले संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्नु साझेदारी वन व्यवस्थापनको महत्त्वपूर्ण आधार हो।
वन व्यवस्थापनका योजना निर्माण, बजेट परिचालन र कार्यक्रम कार्यान्वयनमा पारदर्शिता कायम गर्दै उपभोक्तालाई निर्णय प्रक्रियामा सहभागी गराउनु पनि उत्तिकै आवश्यक छ। महिला, विपन्न परिवार र वनमा निर्भर समुदायको आवश्यकतालाई समेट्न सके वनबाट प्राप्त हुने लाभको न्यायोचित वितरणमा सहयोग पुग्न सक्छ।

सहकार्य र सुशासनबाट दिगो व्यवस्थापन
अध्यक्ष तिवारीद्धारा प्रस्तुत प्रतिवेदनमा साझेदारी वनको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत सुशासन, आर्थिक अनुशासन र नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। वन संरक्षणका योजना कागजमा सीमित नभई कार्यान्वयनको परिणामसँग जोडिनुपर्छ। वनको अवस्था, उपभोक्ताको आवश्यकता र उपलब्ध स्रोतका आधारमा कार्यक्रम तय गर्दा लगानीको प्रभावकारिता बढाउन सकिन्छ।
यसका लागि स्थानीय तह, वनसम्बन्धी निकाय, उपभोक्ता समूह र सरोकारवालाबीच नियमित समन्वय आवश्यक हुन्छ। वन संरक्षणमा समुदायको ज्ञान र अनुभवलाई प्राविधिक पक्षसँग जोड्न सके व्यवस्थापनका कार्यक्रम अझ व्यावहारिक र प्रभावकारी बन्न सक्छन्।
आठौँ वार्षिक साधारणसभा संस्थाको कार्यदिशा, व्यवस्थापनका प्राथमिकता र उपभोक्ताको हितबारे छलफल गर्ने अवसर पनि हो। यस्ता सभाले संस्थागत जवाफदेहिता बलियो बनाउँदै वन संरक्षण र दिगो उपयोगका विषयमा साझा प्रतिबद्धता विकास गर्न सहयोग पु¥याउँछन्।
कपिलवस्तु साझेदारी वनको आगामी कार्यदिशामा संरक्षण, सुशासन र सामुदायिक हितलाई समान महत्त्व दिन सकिएमा वनको प्राकृतिक सम्पदा जोगाउनुका साथै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्न सक्छ।
वन जोगाउनु भनेको आजका लागि हरियाली कायम राख्नु मात्र होइन, भोलिका पुस्ताका लागि स्वच्छ वातावरण, सुरक्षित जलस्रोत र जैविक विविधतासहितको प्राकृतिक सम्पदा हस्तान्तरण गर्नु पनि हो। त्यसैले वन संरक्षणलाई साझा अभियान बनाउँदै उपभोक्ताको हित र प्राकृतिक स्रोतको दीर्घकालीन सुरक्षाबीच सन्तुलन कायम गर्नु नै साझेदारी वन व्यवस्थापनको मूल उद्देश्य बन्नुपर्छ।

प्रकाशित : १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६