जीवनशैली

राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण



काठमाडौँ, २५ कात्तिकः

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । —

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६