कोशी

घट्यो खानेपानी महसुल शुल्क



झापा, २५ कात्तिक

चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पु¥याउन उक्त शुल्क कम गरिएको हो । मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक रु १७५ मात्र तिर्नु पर्नेछ । यसअघि ती उपभोक्ताले मासिक रु २०० महसुल भुक्तानी गर्दै आएका थिए । शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताउनुभयो । उहाँका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल रु ३० तिर्नुपर्नेछ । यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले रु ३२ तिर्दै आएका थिए । मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको रु ४२ तिर्दै आएकोमा अब रु ४० मात्र तिर्नुपर्ने भएको छ । यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक रु ६५ तिर्नु परिरहेकोमा अब रु ६० तिर्दा हुने भएको छ । साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिनुभयो । संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन् ।

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६