अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु



जेरुसेलम, २६ कात्तिक (रासस/सिन्ह्वा):

दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् । इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो क्षति पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमा एक जना शल्य चिकित्सक पनि छन् । इजरायली सेना र सुरक्षा निकाय ‘शिन बेट’ले संयुक्त विज्ञप्ति जारी गर्दै हमासले उक्त अस्पताललाई कमान्ड सेन्टर, हतियार भण्डारणस्थल र सोधपुछ केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । गाजामा सन् २०२५ को अक्टोबरदेखि युद्धविराम लागू भए पनि पछिल्लो आक्रमण भएको हो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ को अक्टोबरमा युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २७ कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६