काठमाडौं २७ फागनु । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जनाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन् ।माओवादी र नेकपा एसका नेताहरुको साथमा पुगेका रामसहाय यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका…