लुम्विनी १९ असार।लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउँन सिसिटिभि क्यामेरा जडान गरि गणना शुरु गरिएको छ ।लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा…