वाँके २६ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गदै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री खनालले लुम्बिनी प्रदेशले बाँकेको दुर्गम र पिछडिएको नरैनापुरलाई प्रमुख प्राथमिकता मा राखेको बताउदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो…