काठमाडौं १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि सँगै लिएर जाने गृहकार्य अघि बढाएका छन् । माघ ११ गते राष्ट्रियसभाको १९ सीटमा निर्वाचन हुँदैछ ।सत्ता गठबन्धन दलहरु मिलेर जाने सहमति बनेको हुँदा राष्ट्रियसभा निर्वाचनमा एमालेले कुनै सीट जित्न सक्ने अवस्था छैन । तर, प्रधानमन्त्रीले एमालेसँग पनि छलफल गरेको माओवादीका एक पदाधिकारीले…