पाल्पा ५ भदौ । अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ ।नेपालले अङ्ग्रेज सेनालाई युद्धमा जितेको खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि। सं १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल…