रुपन्देही २१ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउनेगरी काम गर्न निर्देशन दिनुभयो ।विज्ञापन बोर्डले शुक्रबार बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवम् विज्ञापन राष्ट्रिय नीति सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया…