काठमाडौँ, ३ वैशाख प्रदेश सरकारका मुख्य मन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो प्रस्तुत गरेका छन् । प्रधानमन्त्री शाहसँग आज भएको छलफलमा उहाँहरुले समान किसिमका समस्या प्रस्तुत गर्नुभएको थियो । त्यस्ता समस्याहरुमा प्रदेशमा कर्मचारी अभाव, समन्वयको कमी र सङ्घीय कर्मचारीको असहयोगजस्ता गुनासा थिए । उहाँहरुले आवश्यक प्रशासनिक समूहका कर्मचारी नपाएको…