रुकुम पश्चिम ३०(चैत। रुकुम पश्चिममा एक जना महिलाको निसास्सिएर मृत्यु भएको छ । बुधबार बिहान मुसीकोट नगरपालिका(६ कानेबाङ निवासी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुवाँमा निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ ।कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको प्रहरीले बताएको छ ।…