अदानचुली (हुम्ला), १४ कात्तिक हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका १० हजार बढि नागरिकले गाउँछोडेका छन् । असारमा लगाइएको धान, मकै, कोदो, सिमिलगायतको बर्खे बाली भित्र्याएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौसमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् । गएको एक सातामामात्रै जिल्लाको तल्लो क्षेत्रमा रहेका सर्केगाड, चङ्खेली, अदानचुली…