सिद्धार्थनगर (भैरहवा), १६ असार लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिइएको छ । सोमबार गोष्ठीको उद्घाटन गर्दै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक सुशीलसिंह राठौरले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै साइबर अपराध, वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन…