बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयवासीले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । बीस वर्षअघि निर्माण भएको पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाँचिएका कारण जीर्ण बनेको थियो । मर्मत भएपछि जीर्ण पुलमा जोखिम मोलेर आवतजावत…