गोरखा, ०६ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ हजार २ सय ९७ मतसहित अग्रता कायमै राख्नु भएको छ । उहाँले अहिलेसम्म ५ हजार ९ सय ८१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १ हजार ६ सय ८४ मतसहित पछ्याइरहनुभएको छ…