विराटनगर : विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार…