गुल्मी १ असोज । गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अभिभावकले हात–खुट्टा बाँधी झोलुङ्गोमा झुन्डाएर राख्ने गरेका छन्।घरको जेठो सन्तान रामुलाई पछ्यौरीले हात–खुट्टा बाँधेर झोलुङ्गोमा राखेका हुन्। विगत सात÷आठ वर्षदेखि मानसिक रोगबाट पीडित रामुलाई उपचार गर्न नसक्दा यसरी बाँधेर राख्नुपरेको अभिभावकले बताए।मानसिक समस्या पीडित रामुले टाउको भुइँमा ठोकेर रगताम्मे बनाउने, शरीरभर चोट पार्ने,…