काठमाण्डौ, ०१ असोज । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।…