काठमाडौं, ३० भाद्र । नेपाल सरकारले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा भर्तीका लागि निर्वाचनअघि निर्णय नगर्ने भएको छ। निर्वाचनअघि यसबारे भारतसँग छलफल र वार्ता नगर्ने नीति रहेको सरकारले स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले सो कुरा बताउनुभएको हो । अग्निपथ योजनाबारे नेपालले समयमा जवाफ नदिए गोर्खा सैनिकका लागि छुट्याइएको कोटा…