नेपालगञ्ज २९ भदौ ।मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर १ ले मन्त्री गहतराजलगायत ७ जनालाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।मन्त्री गहतराज २०७४ सालको निर्वाचनमा यही निर्वाचन…