कपिलवस्तु, २४ असोज ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारबाट कपिलवस्तुमा ९ लाख ८५ हजार धरौटी रकम संकलन भएको छ । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १ सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।…