अर्घाखाँची,४ असोज ।अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा ठुलो संख्यामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले द्वारा ढाकावाङ्गमा आयोजित पहिलो चुनावी कार्यक्रममा करीब २ सय ५० जना राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका निकट अखिल नेपाल ट्रेडयुनियन (अनटुक)…