कपिलवस्तु, १६ साउन ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली गरि ल्याईएको साढे २३ लाख बराबरको कपडा सहित निर्वाध ढंगले हिड्ने ट्रक बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ मा एक विशेष टोलीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सुराकीको आधारमा भन्सार कार्यालय कृष्णनगरका कर्मचारी र संयुक्त…