काठमाण्डौ, १२ साउन । बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष लेख्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्य, प्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोलि (शुक्रवार) प्रतिनिधि सभालाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ । संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो ।…