काठमाडौं, १५ असार । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको उनी निकट नेता चन्द्र भण्डारीले जानकारी दिए । भण्डारीले भने,…