दाङ, ०५ असार । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालयमा ताला लगाइएको छ । विगत लामोसमय देखि विद्युत झ्याप झ्याप जाने गर्दा उपभोक्ताहरू मारमा परेको भन्दै स्थानीय युवाहरूले विद्युत प्राधिकरण कार्यालय प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन् । कार्यलयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यलयको भवन भित्रै थुनिएका थिए…