अर्घाखाँची, २७ असार । अर्घाखाँचीको सितगंगा नगरपालिकाको खैरेनी दमारवेसि स्थित सितखोलामा पुल नहुँदा स्थानीयले वर्षयौँदेखि सास्ती खेप्नु परेको छ । यतिसम्मकी त्यहाँका स्थानीयहरु आफ्ना छोराछोरीलाई विद्यालय पठन पठाउँदा ज्यान जोखिममा राखेर डोकोको माध्यमबाट खोला तार्न विवश छन् । यीनै मध्येकी एक हुन् सितगंगा नगरपालिका–७ की झरना पुलामी कुमाल । उनले आफ्नो ६ वर्षे छोरा राजन…