काठमाण्डौ, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । माओवादी केन्द्रबाट चुनावमा निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गर्दै पार्टीको सिद्धान्त र नागरिकको दैनिकी सहज हुनेगरी काम गर्न निर्देशन…