हरि घिमिरे, १९ जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले आईतवार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिनुभएको हो । खास गरि आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्त सम्म आईतवार पनि कार्यालयहरु सञ्चालन…