काठमाण्डौ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानियतहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ । आज बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो । उहाँले पालिका तहका नेतृत्वले विगतका कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक शुद्धता…