गुल्मी, २६ जेठ । सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ । रूकुम मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो ।…