काठमाण्डौ, १५ जेठ ।बेपत्ता तारा एयरको बिमान फेला परेको छ । ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज थासाङ गाउँपालिकाको लार्जुङको बायाँपट्टि खोचमा भेटिएको वायुसेवा संञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले पुष्टि गरे । कँडेलले जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको बताए । बिमान दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न…