काठमाण्डौ, १७ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभामा आज मङ्गलवारदेखि आउँदो आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि छलफल सुरु भएको छ । छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सदस्य पौड्यालले सरकारले वृद्ध भत्ताको उमेर हद दुई वर्ष घटाएर ६८ पुर्याएकोमा आपत्ति जनाउनुभएको छ । देश आर्थिक सङ्कटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले…