जेठ १९, २०७९अमेरिकाको ओक्लाहोमा राज्यको टुलसामा रहेको एउटा अस्पतालमा गोली चलेको छ । चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गोली चलाउने पनि मारिएको बीबीसीले जनाएको छ । गोली चलेको सेन्ट फ्रान्सिस अस्पताल खाली गराउने काम भइरहेको त्यहाँका प्रहरी उपप्रमुख एरिक डालग्लिशले बताउनुभएको छ । अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन…