कञ्चनपुर, १७ असोज भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बङ्गुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमण रोगविरुद्ध खोप लगाइने भएको हो । “तत्काल खोप अभियानल सञ्चालनका लागि भेटेरिनरी सकायमा अध्यायन गरेका…